रूपन्देही, २९ कात्तिक । सैनामैना–१ रुपन्देहीमा स्थापित सैनामैना सांस्कृतिक समूहले तिहारको अवसरमा आयोजना गरिएको देउसी–भैलो कार्यक्रमबाट सङ्कलित रकम मानव सेवा आश्रम तिलोत्तमा बुटवल शाखामा सहयोग गरेको छ ।
समूहले समाजबाट उठेको रकम समाजकै सेवा र हितमा प्रयोग गर्नुपर्छ भन्ने उद्देश्यका साथ आश्रममा आश्रित अनाथ, असहाय, अपाङ्ग तथा विपन्न व्यक्तिहरूलाई खाजा–भोजन वितरण गरेको हो । यस कार्यले असहाय तथा अपाङ्ग नागरिकहरूलाई केही राहत पुगेको समूहले जनाएको छ ।
कार्यक्रममा धारणा राख्दै कार्यक्रमका अध्यक्ष चौधरीले उक्त मानव सेवा आश्रममा कार्यक्रम निकै उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको र सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
मानव सेवा आश्रम बुटवलको सभाहलमा सम्पन्न उक्त कार्यक्रम शान्त, मनोरम र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको समूहका संयोजक कमल खड्काले बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता प्रकाश चौधरीले गर्नुभएको थियो भने समूहका सदस्यहरूको सक्रिय सहजीकरणमा कार्यक्रम सफलतापूर्वक सम्पन्न कार्यक्रमको सञ्चालन कमल खड्काले गर्नुभएको थियो ।