गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ

13

काठमाडौँ, २७ कात्तिक । ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल एमालेको नेताजस्तो लाग्न थालेको भन्दै आक्रोश पोख्नुभएको छ ।

बिहीबार नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै पुगेका उहाँले गृहमन्त्री अर्यालको एजेण्डा भनेको चुनावमात्र रहेको भन्दै जेनजीको माग पूरा गर्न कुनै सहयोग नगरेको बताउनुभयो ।

उहाँले भन्नुभयो,“बाँकी मन्त्रालयहरुले काम गरिरहेको छ । गृह मन्त्रालयले काम गर्न सकेको छैन । उहाँको एजेण्डा भनेको चुनावमात्र रहेछ । हाम्रो एजेण्डा भनेको देशलाई न्याय दिने र व्यवस्था परिवर्तनको हो । हालको व्यवस्था र अवस्थामा चुनावमा जान सकिन्छ त ? देशलाई न्याय नभइ वा हामीलाई न्याय नभइ चुनाव हुनै दिँदैनौँ । उहाँले त जेनजीहरुलाई समातिराख्नुभएको छ । पोलिटिकल पार्टीकाहरुलाई छोएको पनि छैन । मलाई त कहिले–कहिले उहाँ (गृहमन्त्री) त एमालेको पो हो कि जस्तो लाग्छ ।”

उहाँले १०–१५ जना फ्याट्ट–फुट्ट छिट्टा देखिएका जेनजीहरु वडासम्मै समिति बनाएर जान नसक्ने खालको रहेको भन्दै आफूहरुले वडासम्मै समितिहरु बनाइसकेको दाबी गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...