सम्पदा संरक्षणमा महानगरले काम गरिरहेको छ : सुनिता डंगोल

6

काठमाडौँ, २१ कात्तिक । काठमाडौँ महानगरपालीकाकी उपमेयर सुनिता डंगोलले संसारका विभिन्न कुनामा नेपालको भगवान् वा सम्पदाहरु चोरेर लगेको दाबी गर्नुभएको छ ।

शुक्रबार पुनर्निर्मित ब्रम्हा मन्दिर उद्घाटन समारोहमा बोल्दै उहाँले चोरी भएका सम्पदाहरु पुनः नेपालमा नै फिर्ता ल्याउने काम वा पुनःस्थापना गर्ने काममा काठमाडौँ महानगरपालीकाले सक्दो भूमिका खेलिरहेको बताउनुभयो ।

त्यस्तै, उहाँले ४५ वर्षअघि चोरिएको पौवाहरु पुनस्थापित गर्न सफल भएको बताउनुभयो । उहाँले केही समयअघि इथुमबहालमा ४५ वर्षअघि चोरिएको पौवाहरु पुनःस्थापित गर्न सकेको बताउनुभयो । उहाँले पौवामा पुरातत्वसँगै गुठीको पनि उत्तिकै भूमिका रहेको जानकारी दिनुभयो ।

उहाँले यसरी भगवान‍्लाई फिर्ता गर्न पाँउदा खुसीका साथै गर्वको क्षण रहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...