घुँगी खोज्न जाँदा एक जनाको मृत्यु

10

चितवन, १५ कात्तिक । घुँगी खोज्न गएका एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–१ निवासी ६५ वर्षीय बुद्विराम बोट घुँगी खोज्न जाँदा मृत्यु भएको हो ।

बोट रिउ खोलामा घुँगी खोज्न शुक्रबार दिउँसो निस्किएका थिए । बोटको आज बिहान रिउ खोलाको किनारमा दलदलमा शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार शवको परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...