काठमाडौँ, १२ कात्तिक । सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको छ ।
आज बिहान ७ः५० बजे सगरमाथा आधार शिविरनजिकै हेलिप्याडमा ल्यान्ड गर्ने क्रममा हिउँमा चिप्लिएर हेलिकोप्टर दुर्घटनामा परेको परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुँवरले नेपाल न्युज बैंकलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार हेलिकोप्टरमा पाइलट विवेक खड्का मात्र रहेको र उनलाई सकुशल उद्धार गरिएको छ । अहिले उनलाई कैलास एयरको हेलिकोप्टरमार्फत् लुक्ला ल्याइसकिएको उहाँले जानकारी दिनुभयो । पाइलट खड्का भक्तपुरका स्थानीय बासिन्दा हुनुहुन्छ ।