माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा

7

काठमाडौँ, ८ कात्तिक । स्थानीय प्रशासनबाट अनुमति नलिइ काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका ५० जनालाई आज नेपाल प्रहरीले हिरासतमा लिएको छ ।

आज बिहानदेखि माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका सदस्यलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।

स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुठभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौँले जनाएको छ । नियन्त्रणमा लिइएका ५० मध्ये २४ महिला र २६ पुरुष छन् ।

जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरुले स्वतन्त्र रुपमा प्रदर्शन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट अनुमति माग्दा नपाएको बताउनुभयो । उहाँले प्रहरी प्रशासनले प्रदर्शनकारीलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक नभएको बताउनुभयो । “हामी जेनजीहरु एकजुट हुनुपर्छ भन्ने सकारात्मक भावसहित जाऔँ भनेको लागेका हौँ । तर, हामीलाई रोकियो । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट अनुमति पाएनौँ, दिइएन”, खनालले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...