मैत्रीपूर्ण फुटबलमा नेपाल इरानसँग पराजित

5

काठमाडौँ, ८ कात्तिक । त्रिकोणात्मक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको छ ।

भारतको शिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा आज सम्पन्न खेलमा इरानसँग नेपाल ३–० गोलअन्तरले पराजित भएको हो । यस जितसँगै इरानले लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको छ ।

पहिलो खेलमा इरानले घरेलु टोली भारतलाई २–० गोल अन्तरले पराजित गरेको थियो । अब नेपालले सोमबार भारतसँगै अर्को खेल खेल्ने छ । यस प्रतियोगिता सम्पन्न भएपछि यही कात्तिक १३ गते नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...