युएईविरूद्ध नेपालको रोमाञ्चक जित

9

काठमाडौँ, २६ असोज । आइसिसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया क्षेत्र छनोटको सुपर सिक्सअन्तर्गत आज नेपालले संयुक्त अरब इमिरेट्स (युएई)विरूद्ध एक रनको रोमाञ्चक जित हासिल गरेको छ ।

आइतबार ओमान क्रिकेट एकेडेमीको मैदान भएको खेलमा युएईसँग नेपालले एक रनले जित हासिल गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले युएईलाई १४१ रनको लक्ष्य दिएको थियो । नेपालले दिएको लक्ष्य पछ्याएको युएईले २० ओभरमा ९ विकेट गुमाएर १३९ रन बनायो ।

युएईका लागि अलिशान सराफूले अर्धशतकीय खेल खेले । उनले ५८ रन बनाए । ध्रुव पराशरले ३८ रन बनाए ।

नेपालको लागि भने ओपनर आसिफ शेखको अर्धशतक बनाए । उनले मद्धतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनाएको थियो ।

आसिफले ४७ बलमा ५१ रन, कुशल भुर्तेलले २८ रन, कप्तान रोहित पौडेले २० रन बनाए । यस्तै, गुल्शन झाले ५ बलमा १४ रन बनाए ।

युएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १–१ विकेट लिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...