‘दसैँ विगतजस्तो छैन, इन्टरनेटले सम्बन्धहरुलाई टाढा बनाएजस्तो लाग्छ’

13

काठमाडौँ, १५ असोज । सिमेन्ट उत्पादक संघका अध्यक्ष एवम् उद्योगी रघुनन्दन मारु यसपालीको बडादसैँमा तिर्थयात्राको योजनामा हुनुहुन्छ । भारतका केही महत्त्वपूर्ण धार्मिक स्थलहरुको पारिवारिक भ्रमण गरेर दसैँ मनाउने योजना रहेको सुनाउनुहुन्छ ।

विगतको दसैँ र अहिलेको दसैँमा धेरै भिन्नता पाएको बताउँदै उहाँले इन्टरनेटका कारण मानिसहरुबीचको प्रत्यक्ष सम्बन्धमा दरार आएको उहाँ बताउनुहुन्छ । “विगतमा विराटनगरको पुरानो घरमा बसेर सामूहिक रुपमा दसैँ मनाउँथ्यौँ । हिजोआजको दसैँ विगतमा जस्तो छैन । क्लोजनेस हुन छाड्यो । इन्टरनेट वा एआईका कारण नजिक भएर पनि कम्युनिकेसन नहुँदा सम्बन्ध टाढा भएजस्तो लाग्छ,” उहाँले भन्नुभयो ।

बलि प्रथाप्रति अरुचि राख्ने उहाँ पूर्ण रुपमा शाकाहारी रहेको बताउनुहुन्छ । “मैले धेरै साथीहरुलाई भेजिटेरियन बनाएको छु । जन्मजात ननभेजिटेरियन्ट भएका साथीहरुलाई भेजिटेरियन बनाएको छु । जसका कारण साथीहरुले मलाई बधाई समेत दिनुहुन्छ,” उहाँले भन्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...