प्रचण्ड–माधव समूहले पोखरेल र गुरुङलाई प्रदेश इञ्चार्जबाट हटायो

217

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले गण्डकी प्रदेशका इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशका इञ्चार्ज शंकर पोखरेललाई हटाउने निर्णय गरेको छ ।

सोमबार पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले गुरुङको स्थानमा पूर्व माओवादीका देवेन्द्र पौडेललाई र पोखरेललाई हटाएर उनको स्थानमा युवराज ज्ञावलीलाई जिम्मेवारी दिएको हो ।

यस्तै, सहइञ्चार्ज किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङलाई उक्त स्थानमा राखिएको छ । प्रदेश कमिटी सचिवमा श्रीमाया थकालीलाई जिम्मेवारी दिइएको छ । यसअघि सचिव रहेका गोविन्द नेपाली ओली समूहतर्फ लागेपछि उनलाई हटाएर थकालीलाई जिम्मेवारी दिइएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...