प्रचण्ड-माधव समूहको स्थायी समिति बैठक : ‘ओलीले माफी मागे क्षमा दिनुपर्छ’

214

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको बैठक सकिएको छ ।

पेरिसडाँडामा माधवकुमार नेपालको अध्यक्षता बसेको बैठकले विगतमा भएका आन्दोलनका कार्यक्रमहरुका बारेमा समिक्षा भएको र आगामी कार्यक्रमहरु शसक्त बनाउने बारेमा छलफल गरेको छ ।

छलफलमा देशको वडास्तरसम्म आन्दोलन कार्यक्रमलाई अगाडि बढाउने, संघर्ष समितिहरु बनाउने र संसद विघटनका विरुद्धमा आन्दोलन गरिरहेकाहरुसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

‘आफूले गरेको गल्तीलाई सच्याए प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि क्षमा दिनुपर्छ’ भनि स्थायी समितिमा बाेल्ने नेताहरुले धारणा राखेको प्रवक्ता श्रेष्ठले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...