विराटनगरस्थित भाटभटेनीमा जलेको अवस्थामा शव भेटियो

7

विराटनगर, ३० भदौ । जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव अर्थात् मानव कंकाल फेला परेको छ ।

मोरङ प्रहरीका अनुसार सोमबार बिहान सफाइ गर्ने क्रममा सुपरमार्केटको दोस्रो तल्लामा पूर्ण रूपमा जलेको अवस्थामा शव भेटिएको हो ।

प्रहरीको प्रारम्भिक अनुमान अनुसार आगजनी र लुटपाटका क्रममा घटनास्थलमै कसैको मृत्यु भएको हुन सक्छ ।
जेन–जी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटहरू आन्दोलनकारीहरुको निसानामा परेको यियो ।

धरान र विराटनगरको भाटभटेनी भने ध्वस्त छ । धरानस्थित भाटभटेनीमा आगजनी हुँदा चार जनाको ज्यान गएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...