स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज

25

काठमाडौँ, २० असार । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

स्वास्थ्यमा सुधार आएपछि मन्त्री वीर अस्पतालबाट उपचारपछि घर फर्कनुभएको अस्पतालका निर्देशक प्राडा दिलीप शर्माले जानकारी दिनुभयो ।

अस्पतालका निर्देशक प्राडा शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा मन्त्री पौडेलको उपचार भएको थियो ।

मन्त्री पौडेलले थाइल्याण्डमा आयोजित कार्यक्रममा सहभागी भई स्वदेश फर्के लगतै ज्वरो आएपछि यही असार १४ गते अस्पतालमा भर्ना हुनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...