स्थानीय तहको पाठ्यक्रम कसरी तयार हुन्छ ? [भिडिओ]

18
  • रस्मिता गिरी

काठमाडौँ, ९ असार । मुलुक संघीय संरचनामा गइसकेपछि शैक्षिक विकेन्द्रीकरणको अवधारणा अनुसार स्थानीय तहले तयार गरिरहेका शैक्षिक पाठ्यक्रमहरु प्रभावकारी बन्दै गएको पाठ्यक्रम विकास केन्द्रले दाबी गरेको छ ।

आधारभूत र विद्यालय शिक्षाका लागि तयार गरिने पाठ्क्रम निर्माणका क्रममा विकास केन्द्रको सहजीकरणले गर्दा स्थानीय सरकारलाई सहज भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक युवराज पौडेलले जानकारी दिनुभयो ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा पौडेलले भन्नुभयो,‘मुख्य विषय बाहेक स्थानीय आवश्यक्ताका विषयहरु स्थानीय तहले नै तयार गर्छन् । किनकी स्थानीय आकांक्षा र आवश्यक्ताहरु केन्द्रले समेट्न सक्दैन । हामी प्राविधिक सहायता गरिरहेका छौँ । तर, जति काम भइरहेका छन् ती प्रभावकारी छन् ।’

उहाँले पाठ्यक्रम निर्माणमा व्यवहारिकता, सशोधन गर्नुपर्ने विषयहरु शिक्षण सिकाइका माध्यमहरु, हासिल गरेका सिकाइ उपलब्धिहरु एवम् टुसहरुका आधारमा पाठ्यक्रम बनाउने गरेको पनि बताउनुभयो ।

शिक्षण सिकाइको मूल्यांकन गर्दा सुनियोजित व्यवस्थापन गर्ने, सैद्धान्तिक कुरालाई व्यवहारमा परिर्वतन भयो कि भएन भन्ने कुराको मुल्यांकन पाठ्यक्रमले नै गर्नेगरि सुझाव दिने गरेको समेत जानकारी दिनुभयो । उहाँले कहिले विज्ञहरुको सुझाव लिएर पाठ्यक्रम विकास गर्ने गरेका त कहिले स्थानीय तह, प्रदेश र संघीय सरकारसँगको सहकार्यमा सिकाइ सामग्री तयार गर्ने गरेको बताउनुभयो ।

स्थानीय स्तरको शिक्षण विकासका लागि स्थानीय पालिकाहरुले अलग्गै शाखा वा महाशाखा स्थापना गरेर काम गरिरहेकाले पाठ्यक्रम विकास केन्द्रसँग काम गर्न सहज भएको औंल्याउनुभयो । शिक्षासँग सम्बन्धित कर्मचारी वा शिक्षा सेवा अन्तर्गतका कर्मचारीहरु पालिकामा रहने व्यवस्था भएकाले काम गर्न सहज भएको उहाँको बुझाइ छ ।

पाठ्यक्रम विकास केन्द्रले एउटा टिओआर अनुसार काम गर्नुपर्ने भएकाले हाल विद्यालय शिक्षाका लागि कक्षा १ देखि १२ सम्म पढाइ हुनेविषयहरुका पाठ्यक्रमको निर्माण गर्ने गरेको जानकारी दिँदै र त्यो पाठ्क्रमले अपेक्षा गरेके सिकाइ उपलब्धि, सक्षमतालाई विद्यार्थीको व्यवहार लागु भए नभएको मूल्यांकन गरिने उहाँले जानकारी दिनुभयो ।

स्थानीय तहले तयार गर्ने पाठ्यक्रम सैद्धान्तिक रुपमा कत्तिको व्यवहारिक छ त्यसका आधारमा बाँकी काम गरिने गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...