बिबिएल २०२० : हुरिकेन्सकाे विजयी सुरुवात, डिफेन्डिङ च्याम्पियन सिड्नी १६ रनले पराजित

279

काठमाडाैं । दशौं संस्करणको बिग बास लिग (बिबिएल) टी-२० क्रिकेट अन्तर्गत डिफेन्डिङ च्याम्पियन सिड्नी सिक्सर्सलाई १६ रनले पराजित गर्दै होबर्ट हुरिकेन्सले विजयी सुरुवात गरेका छ ।

१ सय ७९ रनको लक्ष्य पछ्याएकाे सिड्नीले निर्धारित २० ओभरमा १ सय ६२ रन मात्र बनाउन सक्याे । उत्कृष्ट सुरुवात गरेकाे सिड्नीलाई मध्यक्रमका ब्याट्सम्यानले साथ दिन नसक्दा हार ब्याहाेर्न बाध्य भयाे ।

सिड्नीका ज्याक एड्वार्ड र जेम्स भिन्सले १ सय १६ रनकाे साझेदारी गर्दै जिततर्फ डाेहाेर्याएका थिए । भिन्स ६७ तथा एड्वार्ड ४७ रनमा आउट भए । यस्तै, जाेर्डन सिल्कले १३ तथा दानिएल क्रिस्टियनले १० रन जाेडेपनि जितका लागि पर्याप्त भएन ।

सिड्नीलाई कम स्काेरमा राेक्ने क्रममा हुरिकेन्सका जेम्स फल्कनर र रिले मेरीडिथले २-२ तथा नथान एलिस र स्कट बाेलान्डले समान एक-एक विकेट लिए ।

यसअघि, बेलेराइभ ओभलमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको हुरिकेन्सले निर्धारित २० ओभरमा ८ विकेटकाे क्षतिमा १ सय ७८ रन बनाएको थियो । हुरिकेन्सका लागि टिम डेविडले ५८, कोलिन इन्ग्रामले ५५, पिटर ह्यान्डकोम्बले २४ तथा नथान एलिसले १४ रनको योगदान दिए ।

हुरिकेन्सका दुई ओपनर विल ज्याक्स र डिआर्ची सर्ट शून्य रनमा आउट भएपछि संकटमा परेको टोलीलाई इन्ग्राम र ह्यान्डकोम्बले ५९ रनको अर्धशतकीय साझेदारी गर्दै सम्मानजक योगफलतर्फ डोहोर्याए ।

सिड्नी सिक्सर्सका दानिएल क्रिस्टियन र बेन द्वाराहुसिले समान ३-३ विकेट लिए ।

Share This:
सम्बन्धित खबर
Loading...