टी-२० सिरिज : अष्ट्रेलियाद्वारा भारतलाई १८७ रनको लक्ष्य

152

काठमाडौं । भारतविरुद्धको तेस्रो टी-२० खेलमा अष्ट्रेलियाले एक सय ८७ रनको लक्ष्य दिएको छ । निर्धारित २० ओभरमा अष्ट्रेलियाले १ सय ८६ रन बनाएको थियो ।

सिड्नी क्रिकेट ग्राउण्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो । मध्यम सुरुवात गरेको अष्ट्रेलियाका लागि म्याथ्यु वेड र ग्लेन म्याक्सवेलले तेस्रो विकेटका लागि ९० रनको साझेदारी गरेका थिए ।

वेड र म्याक्सवेलले अर्धशतकीय पारी खेले । वेडले ८० तथा म्याक्सवेलले ५४ रन बनाउँदै आउट भए । यस्तै, स्टेभन स्मिथले २४, डिआर्ची सर्टले ७ तथा मोइसेस हेनरिक्सले ५ रनको योगदान दिए ।

भारतका वासिङ्टन सुन्दरले २, टी नटराजन र शार्दुल ठाकुरले एक-एक विकेट लिए ।

दुई देशबीचको टी-२० सिरिज भने भारतले यसअघि नै २-० ले जितिसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...