पर्वत, १८ वैशाख । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा सञ्चालित लुङ्दीखोला–भेडावारी–दुलेपानी सिंचाइ आयोजना सम्पन्न भएको छ ।
जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयमार्फत् ९२ लाख ७७ हजारको लागतमा आयोजना सम्पन्न भएको हो ।
उक्त कार्यालयका प्रमुख सागर भट्टराईका अनुसार आयोजना पूरा भएसँगै किसानका खेतबारीमा सिंचाइ सुविधा उपलब्ध भएको छ । आयोजनाबाट १७ हेक्टरमा बाह्रै महिना सिंचाइ सुविधा पुगेको छ । चालु आर्थिक वर्षमा सञ्चालित ५० वटा सिंचाइ योजनामध्ये १० वटा यसै वर्ष सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।