सुनको मूल्य तोलामा सात हजार ५०० घट्यो

28

काठमाडौँ, १० वैशाख । सुनको मूल्य तोलामा सात हजार ५०० घटेको छ । मंगलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य आज घटेर एक लाख ९० हजार ४०० मा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला पाँचले घटेर एक हजार ९६५ मा कारोबार हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३ ४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...