सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता

0

इटहरी, ८ वैशाख । सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन् ।

आज बिहान बराहक्षेत्र मन्दिरमा पूजा गर्न गएका इटहरी उपमहानगरपालिका–१६ बालग्रामका १६ वर्षीय जेनिस आचार्य र ४० वर्षीय नवराज बास्तोला नदीमा डुबेर बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले बराहक्षेत्र—१ क्षेत्रस्थित नदीमा दुवै जना डुबेर बेपत्ता भएको बताउनुभयो ।

दुवै जना मामाभाञ्जा हुन् । भान्जा जेनिस नुहाउँदै गर्दा नदीमा डुबेपछि बचाउन जादा मामा पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

दुवै जनाको गोताखोरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजी गरिरहेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...