विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने कान्छी आरोही शेर्पा सम्मानित

21

खाँदबारी, ३ वैशाख । विश्वको पाँचौँ अल्लो मकालु शिखर मकालु हिमाल आरोहण गर्ने कान्छी आरोही सम्मानित हुनुभएको छ । सङ्खुवासभाको मकालु गाउँपालिका–२ नुर्व गाउँकी २८ वर्षीया किप्पा लामु शेर्पालाई आज सम्मान गरिएको हो ।

सदरमुकाम खाँदबारीमा एक कार्यक्रमकाबीच मकालु–२ नूर्व गाउँकी किप्पा शेर्पालाई मकालु गाउँपालिका–२ ले सम्मान गरेको मकालु–२ का वडाध्यक्ष छोपाल शेर्पाले बताउनुभयो । शेर्पाले आठ हजार ४८५ मिटर उचाइको विश्वको पाँचौँ अग्लो मकालु हिमाल अप्रिल १० अर्थात् चैत २८ गते १० बजेर १० मिनेटमा सफल आरोहण गर्नुभएको थियो ।

शर्पामाले मकालु हिमालको बाटो बनाउने क्रममा ९ जनाको टोलीसहित सफल आरोहण गर्नुभएको थियो । विसं २०५३ माघ १५ गते नुर्व गाउँमा जन्मनुभएकी शेर्पाको श्रीमान् र चार दाजुभाइसमेत आरोही हुन् । उहाँहरूको विश्वको सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमाल सफल रूपमा आरोहण गरिसकेको कारण आफूलाई प्रेरणा मिलेको बताउनुभयो ।

एक वर्षअघि ४५ दिन मकालु आधार शिविरमा बसेको अनुभव सँगालेपछि यो पटक मकालु आरोहण गर्न सफल भएको शेर्पाले बताउनुभयो । शेर्पाको मकालु हिमाल आरोहण खर्चको व्यवस्थापन सेभेन समिट ट्रेक्सले गरेको छ । मकालु गाउँपालिकामा दुई दर्जन बढी आरोही रहेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...