ट्याक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

39

भोजपुर, ३१ चैत । भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्याक्टर नगरपालिका–३ सेतीबगरमा गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा मृत्युहुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिनुभयो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...