काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य प्रतितोला रु एक हजार ६ सयले उकालो लागेको छ । बुधबारका तुलनामा बिहीबार छापावाला सुन प्रतितोला रु एक हजार ६ सयले वृद्धि भई रु ९२ हजार ६ सयमा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९१ हजारमा कारोवार भएको थियो ।
यस्तै तेजाबी सुन पनि तोलामा रु एक हजार ६ सयले नै वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । प्रतितोला रु ९० हजार ५ सय ५० मा बुधबार कारोवार भएको तेजाबी सुन बिहीबार प्रतितोला रु ९२ हजार १ सय ५० मा खरिदबिक्री हुने गरी मूल्य निर्धारण गरिएको छ ।
यस्तै चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ । प्रतितोला रु एक हजार १ सय ८५ मा बुधबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २ सय ५ मा खरिदबिक्री भएको छ ।