कुटपिटबाट एकको मृत्यु, घटनामा संग्लग्न ३ जना पक्राउ

167

झापा । झापाको मेची नगर नगरपालिका-४ का ५० वर्षीय पूर्ण बहादुर प्रधानलाई कुपटीट गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा स्थानीय २५ वर्षीय दिवश लुङगेली मगर, ५५ वर्षीय प्रेम भनिने बेमा दोर्जी तामाङ र २८ वर्षीय विशाल तामाङ पक्राउ परेका छन् ।

गत असोज १४ गते सामान्य वादविवादको विषयलाई लिएर यो तीन जनाको समूहले प्रधानलाई निर्घात कुटपीट गर्दा घाइते भएका प्रधानको उपचारको क्रममा मंसिर १४ गते राति साढे ९ बजे मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न रहेका तीनै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको उक्त कार्यायले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...