काठमाडौँ, ११ साउन । त्रिवि शिक्षण अस्पतालले सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरुको शव आफन्तहरुलाई जिम्मा लगाएको छ ।
शुक्रबार अस्पतालले, आफन्तहरुको असन्तुष्टिकै बीच शव जिम्मा लगाएको हो ।
अहिलेसम्म कोपाइलट सुशान्त कटुवाल, इन्जिनियर उद्धव पुरी, अश्विन निरौलाको शव आफन्तले बुझेको अस्पतालले जनाएको छ । बाँकी केही आफन्तले भने बीमा रकम सुनिश्चितता लगायतको माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् ।
सबैको पोस्टमार्टम आज अपराह्न सम्पन्न भएको हो ।
सम्बन्धित समाचार
नेपालमा हवाई दुर्घटनाको दर्दनाक इतिहास : सुझाव कार्यान्वयन कमजोर
क्याप्टेन ओम गुरुङको अनुमान : इन्जिन फेल भयो, चालक अर्लट हुन सकेनन् [भिडिओ]
जहाज दुर्घटनामा प्रत्यक्षदर्शीले भने– ‘पाइलट भाग्यले बाँचे’
सौर्यको जहाजमा थिए १ विदेशीसहित १७ जना सवार [सूचीसहित]
जहाज दुर्घटनामा परेका सबै सौर्यकै कर्मचारी, १८ जनाको शव निकालियो