देशमा भएका प्रतिभाहरुको खोजी गरी सम्मान गर्न आवश्यक : प्रधानमन्त्री ओली

23

काठमाडौँ, २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भएका प्रतिभाहरुलाई सम्मानसहित प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौँमा छिन्नलता गीत पुरस्कार गुठीद्वारा आयोजित पुरस्कार वितरण कार्यक्रममा उहाँले नेपाल प्रतिभाहरुको देश भएको भन्दै उनीहरुलाई निखार्ने र प्रोत्साहन गर्ने काम छिन्नता पुरस्कार गुठीले गरेकोमा धन्यवाद दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कला, संस्कृति, संगीत, बाद्यबादन र गायन यी सबै कुरालाई बुझ्ने र त्यसलाई प्रोत्साहन गर्न जान्ने त्यसलाई विकास गर्न सक्ने ठाउँ नै छिन्नलता गीत पुरस्कार गुठी हो । यो प्रतिभाहरुको देश हो । यहाँका प्रतिभाहरु सम्मानीत हुनुभएको छ खुसी व्यक्त गर्न चाहन्छु । यस्तो प्रतिभाहरुलाई खोजी खोजी सम्मानीत गर्ने र खोजी खोजी खानीबाट हिरा निकाले झै निकालेर कटिङ गरेर चम्काएर देखाउँने काम छिन्नता पुरस्कार गुठीले गरेको छ । म धन्यवाद दिन चाहन्छु ।’

प्रधानमन्त्री ओलीले छिन्नलता गीत पुरस्कार गुठीलाई आगामी दिनमा पनि प्रतिभा खोजी गर्ने र सम्मान गर्ने कामको निरन्तरताको लागि शुभकामना दिनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...