‘बाढी–पहिरो पीडितको उद्धार र राहत तथ जोखिमयुक्त सडक पहिचान गरी ट्राफिक प्रहरीले सुझाव दिने व्यवस्था होस्’

22

काठमाडौँ, २८ असार । नेपाली कांग्रेसकी नेतृ डा.डिला संग्रौलाले बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत र विस्थापितको उचित व्यवस्थापन गर्न सरकारसँग माग गर्नुभएको छ ।

शुक्रबार सामाजिक सञ्जालमा फेसबुकमा एक पोस्ट गर्दै कांग्रेस नेतृ संग्रौलाले बाढी–पहिरोमा परी बेपत्ता भएकाहरुको खोजी गर्न र जोखिमयुक्त सडक पहिचान गरी यात्रा गर्न र नगर्न ट्राफिक प्रहरीले सुझाव दिने व्यवस्था मिलाउन सरकारको ध्यानकर्षण गराउनुभएको छ ।

‘बेपत्ताको खोजी कार्य तत्काल होस् । जोखिमयुक्त सडक पहिचान गरि यात्रा गर्न र नगर्न ट्राफिक प्रहरीले सुझाव दिने व्यवस्था होस् । बाढीपहिरोका कारण ज्यान गुमाएका परिवारलाई राहत, बाढीपहिरोमा फसेकालाई तत्काल उद्धार र जोखिमयुक्त स्थानका बासिन्दालाई सुरक्षित स्थानमा राख्न जोडदार माग गर्दछु,’ उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

पोखरा महानगरपालिका १९ पुरुन्चौर ठाँटीका कुलबहादुर परियारको घर पुरिँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको तथा त्रिशूलीमा यात्रु सवार बस पहिरोले बगाएको घटना दुःख व्यक्त गर्दै उहाँले विपत्तिमा सबैजना हातेमालो गरेर अघि बढ्न समेत आह्वान गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...