काठमाडौँ, २१ असार । नेपाल प्रहरीले सहकारीसम्बन्धी पाँच हजार ६ सय उजुरी दर्ता भएको जानकारी दिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको सहकारीको संस्था बचत रकम सम्बन्धमा संसदीय छानबिन समिति बैठकमा उपस्थित भएका प्रहरी अधिकारीले हालसम्म सहकारी रकम दुरुपयोगका सम्बन्धमा पाँच हजार तीन सय उजुरी दर्ता भएको जानकारी गराएको समिति सभापति सूर्य थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘सहकारीसँग सम्बन्धी पाँच हजार तीन सय वटा उजुरी अनुसन्धान गर्ने निकायहरुमा दर्ता भएको छ । यो क्रम जारी रहेको छ । ९८ वटा उजुरीमा अनुसन्धान गरेर मुद्दा दर्ता भइसकेको जम्मा ५५ हजार ४१० जना पीडितले उजुरी दर्ता गरेको विषय राख्नुभएको छ ।’
पीडितहरुले माग दाबी गरेको अनुसन्धन्धान गरेको र मुद्दा चलाएकोमा बढीजस्तो ठगीसम्बन्धी विषय रहेको र पीडितका अनुसार त्यसमा ११ अर्ब ६६ करोड ४७ लाख बिगो बराबरको ठगीमा परहेको भन्ने जानकारी आएको पनि उहाँले बताउनुभयो ।
अनुसन्धानका क्रममा ११ सय प्रतिवादीमध्ये २९४ जना पक्राउ परेको र ८५६ जना फरार रहेको जानकारी समेत प्राप्त भएको थापाले जानकारी दिनुभयो ।
सभापति थापाले भरत महर्जन, जिबी राई ,कुमार रम्तेल, देवकुमार नेपाली, सुवास केसी र अरू विभिन्न ब्यक्तिहरू रोशनी गुरूङसहितको बारेमा सोधखोज गरेको पनि जानकारी गराउनुभयो ।