कृष्णमान प्रधानविरुद्ध परेका उजुरीका सम्बन्धमा थप परामर्श गर्ने

18

काठमाडौँ, २० असार । मन्त्रिपरिषद्‌बाट निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध परेका उजुरीका सम्बन्धमा संसदीय सुनुवाइ समितिले थप परामर्श गर्ने भएको छ ।

बिहीबर समितिल प्रधानविरुद्धका चार उजुरीकर्तासँग छलफल गरेपछि निर्णयमा पुग्ने समितिका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘उहाँहरुले आफ्नो कुरा राख्नुभयो । जिज्ञासाहरु धेरै थिए । अहिलेका लागि सबै कुराको विचार विमर्श गर्न थप समय चाहिने भएकोले कुन दिन भन्ने नतोकी अहिलेका लागि स्थगित भएको छ ।’

निर्वाचन आयोग जस्तो संवैधानिक पदका लागि अनुमोदन गर्न पनि थप समय चाहिएको कारण बिहीबार निर्णय गर्न नसकेको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...