पहिरोमा ९ जनाको ज्यान गयो

18

काठमाडौँ, १५ असार । बागलुङ, स्याङ्जा र गुल्मीमा गएको पहिरोले घर पुरिँदा नौ जनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् ।

गुल्मीको मालिका गाउँपालिका–६ कँडेल पाटास्थित भेषबहादुर बिकको घर पुरिँदा बिक परिवारका पाँचजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भेषबहादुर बिक, उनकी श्रीमती सुन्तली बिक, बुहारी सीता बिक, नातिनीद्वय सपना र विपना बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यमान चौधरीले जानकारी दिनुभयो ।

यस्तै, शुक्रबार राति भएको वर्षाका कारण बागलुङ गलकोट नगरपालिका–८ काँडेबाँस बिसौनीका प्रेम विकको घर पहिरोमा पुरिँदा ५५ वर्षीय प्रेम र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो ।

पहिरोमा परी प्रेमकी बुहारी कुमारी विक र नाती शिशिर विक घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।

पहिरो शािनबार बिहान ३ बजेतिर गएको र हाल घटनास्थलमा प्रहरी पुरेर उद्धार कार्य जारी राखेको यादवले जानकारी दिनुभयो ।

यस्तै, स्याङ्जामा गएरातीको पहिरोले घर बगाउँदा एकै परिवारका दुई आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा फेदीखोला गाउँपालिका–५ दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसा जिटी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...