काठमाडौँ, १२ असार । नार्कोनन नेपालका निर्देशक एवम् पूर्ववरिष्ठ प्रहरी उपरीक्षक बसन्तराज कुँवरले लागुऔषधको ओसारपसार र सेवन गर्ने युवा समूह बढ्दै गए पनि सरकारसँग कुनै योजना नरहेको बताउनुभएको छ ।
बुधबार अन्तरर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करीविरुद्धको दिवसको अवसरमा नेपाल न्युज बैंकसँको कुराकानीमा लागु औषधजस्तो लठ्याउने कुरालाई मनोरञ्जन र औषधि, पेन किलरका रुपमा व्यापार हुँदै भइरहको भए पनि प्रहरी र गृहमन्त्रालयमा समेत लागु औषध नियन्त्रण शाखा नरहेको बताउनुभयो ।
लामो समयदेखि सुधार केन्द्र समेत स.चालन गर्दै आउनुभएका कुँवरले लागु औषध दुर्व्यसनीका कारण चोरी डकैती र हत्याका घट्नामा समेत वृद्धि भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, लागु औषधजस्तो लठ्याउने कुरालाई मनोरञ्जन र औषधि, पेन किलरका रुपमा व्यापार हुँदै आएको छ । तर, वास्तवमा त्यस्तो होइन । लठ्याउने कुराले मान्छेमा भएको चेतना ध्वस्त गरिदिन्छ । त्यसो भएपछि दुखाई, पीडा थाहा नै हुँदैन । मरेको मान्छेको चेतना हुन्छ त ? लठ्याउने कुरा दिएर मानिसलाई न माया, न दया, न डिप्रेसनको अवस्थामा पुर्याइँदै छ । यसरी युवाहरुलाई लुटपाट, डाँका, हत्याका लागि प्रोत्साहित गरिरहेको छ । लठ्याउने कुराको व्यापार टेरोरिजममा पनि छ । लठ्याउने कुराहरु व्यापारका रुपमा यसरी गरिएको छ कि त्यसलाई रोक्ने फोर्सेस चाहिँ छैन । प्रहरी पनि लागु औषध खायो बेच्यो भने मात्र आउँछ । यसलाई रोक्न, जनचेतना फैल्याउन प्रहरीले ठोस योजना बनाउन सकिरहेको छैन । अरु त छोड्नुस् प्रहरी चौकीमा लागुऔषध रोकथाम शाखाहरु छैनन् । गृह मन्त्रालयमा पनि लागुऔषध रोकथाम शाखा छैन ।’
नेपाल प्रहरीले लागु औषधको बेचबिखन र सेवन गरेपछि मात्र समात्ने नीति लिएका कारण यसलाई निर्मूल पार्न समस्या विकराल हुँदै गइरहेको बताउनुभयो ।