एनसेल र नेपाल युवा परिषद्को सहकार्यमा ७७ जिल्लामै वृक्षारोपण गरिने

15

काठमाडौँ, २४ जेठ । ‘राष्ट्रिय वृक्षारोपण दिवस पारेर एनसेल र नेपाल युवा परिषद्ले सातै प्रदेशका ७७ वटै जिल्लामा एक साथ वृक्षारोपण गर्ने भएको छ ।

‘एक युवा, एक बिरुवा’ अभियानको सुरुवात गर्दै एनसेल र नेपाल युवा परिषद्को संयुक्त पहलमा आगामी असार १४ गते ‘राष्ट्रिय वृक्षारोपण दिवस २०८१’ को दिन देशभर वृक्षारोपण गर्न लागेको हो ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत प्रत्येक जिल्लाका १०० जना युवालाई एक विरुवा वृक्षारोपणका लागि उपलब्ध गराउने छ ।

यो अभियान प्रदेश तथा स्थानीय सरकारको संयुक्त सहकार्यमा सञ्चालन गरिने आयोजकले जनाएको छ । वृक्षारोपण गरिएका हरेक बिविरुवाको हेरचाहको जिम्मेवारी वृक्षारोपणमा भाग लिएका युवा स्वयंको हुनेछ । यस किसिमको जिम्मेवारीसहितको राष्ट्रियस्तरको कार्यक्रमले अभियानको दिगोपना सुनिश्चित गर्ने विश्वास एनसेल र युवा परिषद्को रहेको छ।

‘यस किसिमको सहकार्यमा राष्ट्रिय वृक्षारोपण अभियानले हाम्रो सामाजिक उत्तरदायित्व अझै बढी ग्रामिण परिवेशसम्म पुग्ने र आम जनताले समेत यसको प्रत्याभूति गर्ने हुँदा यो अभियानमा परिषद्सँग एकसाथ भएर काम गर्न पाउँदा खुसी लागको छ,’ एनसेलकी कर्पोरेट कम्युनिकेसन एन्ड सिएसआर प्रमुख बिशाखा लक्ष्मी खड्काले भन्नुभयो ।

नेपाल सरकारको राष्ट्रिय लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखी वृक्षारोपण अभियान सञ्चालन गर्न लागिएको नेपाल युवा परिषद्का संस्थापक एवं केन्द्रीय अध्यक्ष सरोज बानियाँले बताउनुभयो । कार्यक्रमले स्थानीयस्तरमा रहेका युवाहरुलाई वातावरण संरक्षणमा जोड्दै युवाहरुलाई सामाजिक रुपान्तरणमा समेत ऐक्यबद्वता गराउने उद्देश्य राखेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...