विश्वकप क्रिकेटको नेपाली टिममा एक जना चिकित्सक समावेश

143

काठमाडौँ, १८ जेठ । आइसिसी टी–२० विश्वकप क्रिकेटका लागि नेपाली टिममा एक जना चिकित्सक (टिम डक्टर)लाई समावेश गरिएको छ । नेपाली टोली डक्टरविहीन अवस्थामा अमेरिका पुगेको थियो ।

पछिल्लो समय टिम स्क्वाडका विषयमा चौतर्फी आलोचना भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिकामै चिकित्सकको व्यवस्था गरेको हो । नेपालबाट गएका चिकित्सकले प्रेस्किप्सन लेख्न नमिल्ने भएकाले अमेरिकामै व्यवस्था गरिएको टिम म्यानेजर प्रदीप मजगैयाले जानकारी दिनुभयो ।

नेपाली टिममा इन्टनरनल मेडिसिनका सिनियर डा. होमनाथ पन्त समावेश गरिएका हुन् । उहाँ हाल सेन्ट एजनेस हसिप्टल बाल्टीमोरमा कार्यरत रहनुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...