काठमाडौँ, १७ जेठ । गृह मन्त्रालयले बुधबार एकै पटक २५ जना सहसचिव तथा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ ।
बुधबार गृह मन्त्रालयले अन्य मन्त्रालयबाट गृहमा सरुवा भएर आएकाहरूको पदस्थापन र मन्त्रालयअन्तर्गतका निकायमा विभिन्न जिम्मेवारीमा रहेको १६ जना सिडिओहरुको जिम्मेवारी हेरफेर भएको गरेको हो ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्णयअनुसार १६ जिल्लामा नयाँ सिडिओ खटाइएको छ ।
2081_02_16_cdo_transfer