काठमाडौँ, १५ जेठ । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की स्वर्गीय पत्नी सीता दाहालको नाउँमा ‘सीता दाहाल मेमोरियल कलेज अफ न्याच्युरोपेथी एण्ड यौगिक साइन्स’ कलेज बनाउने भएको छ ।
बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले नयाँ वर्षको बजेटमा प्रधानमन्त्री पत्नी दाहालको नाउँमा काठमाडौंमा कलेज बनाउन बजेट छुट्याएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘ काठमाडौं विश्वविद्यालयमा सीता दाहाल ‘सीता दाहाल मेमोरियल कलेज अफ न्याच्युरोपेथी एण्ड यौगिक साइन्स’ कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु ।’तर, बजेटमा कति रकमको व्यवस्था गरेको भन्ने कुरा अर्थमन्त्री पुनले उल्लेख गर्नुभएको छैन ।