काठमाडौँ, १५ जेठ । सरकारले सरकारी कार्यालयहरूमा विदेशी गलैँचा प्रयोग गर्न नपाइने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारी कार्यालयहरूमा स्वदेशी गलैँचा प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको बताउनुभयो ।
त्यस्तै, अर्थमन्त्री पुनले ५ लाख परिवारलाई लालपूर्जा दिने घोषणा गर्नुभएको छ । देशभरका भूमिहीन परिवालाई जग्गाको लाजपुर्जा दिइने बताउनुभयो ।