सर्‍यो बजेट भाषणको समय

20

काठमाडौँ, १५ जेठ । सरकार र प्रमुख प्रतिपक्षी दलबीच सहमति बन्न नसकेकाले संसदको पूर्वनिर्धारित बैठक पछि सरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा बैठक सरेको हो ।

वार्षिक बजेट प्रस्तुत गर्न आज दिउँसो १ संसद्को बैठक बस्ने कार्यक्रम थियो । तर, राजनीतिक कारणले २ घन्टा पर सरेको छ । संसद् सचिवालका अनुसार सरकारको अनुरोधमा बजेट प्रस्तुतका लागि दिउँसो १ बजे निर्धारित संघीय संसद्को संयुक्त बैठक अपराह्न ३ बजेका लागि तोकिएको हो ।

यसअघि सभामुख देवराज घिमिरेले संयुक्त सदनको बैठक दिउँसो १ बजेका लागि निर्धारण गर्नुभएको थियो । आज बस्ने संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यसूची छ ।

Share This:
सम्बन्धित खबर
Loading...