‘सिरोहियामाथि छानबिन हुनै हुन्न भनेका छैनौं, पक्राउ गर्ने तरिका गलत भयो’

49

काठमाडौँ, १४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई छानबिन हुनै हुन्न भनेको नभएर पक्राउ गर्ने तरिका मात्र गलत भएको प्रष्टीकरण दिनुभएको छ ।

पार्टी केन्द्रीय समितिको निर्णय सोमबार सार्वजनिक गर्दै उहाँले सिरोहियालाई पक्राउ गर्न राज्यसत्ताको दुरुपयोग हुनु उचित नभएको भन्दै कानुन सबैलाई बराबर हुनुपर्ने बताउनुभयो ।

‘कैलाश सिरोहियालाई जुन समयमा, जुन ढंगबाट पक्राउ गरियो त्यो ठिक भएन भन्ने हाम्रो धारणा छ । एउटा व्यक्तिलाई पुर्जी काटेर बोलाउँदा पनि हुन्थ्यो तथा थोरै प्रहरी पठाएर लाँदा पनि हुन्थ्यो भनेको हो । तर, जुन आतंक सिर्जना गरियो त्यो उचित छैन मात्र भनेका हौं,’ उहाँले भन्नुभयो, ‘हामीले सिरोहियामाथि छानबिन हुनुहुन्न भनेका छैनौँ । सिरोहियाले गल्ती गरेका छैनन् भनेका छैनौँ । त्यो त अब न्यायिक निरूपणको विषय भइसक्यो । त्यो न्यायिक निरूपण हुने नै छ । तर, राज्यसत्ताको त्यसप्रकारको दुरुपयोग चाहिँ उचित हुन्न, कानुन सबैलाई बराबर लाग्नुपर्छ ।

Share This:
सम्बन्धित खबर
Loading...