बोरुसिया डर्टमुण्ड च्याम्पियन्स लिगको फाइनलमा

14

काठमाडौँ, २६ वैशाख । जर्मन क्लब बोरुसिया डर्टमुण्डले युरोपेली च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गरेको छ ।

बुधबार बिहान सकिएको खेलमा फ्रेन्च क्लक पेरिस सेन्ट जर्मेइन (पिएसजी)लाई दोस्रो लेगमा पनि १–० गोल अन्तरले पराजित गरेपछि समग्रमा २–० को जितका साथ फाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा पनि डर्टमुण्ड १–० कै अन्तरले विजयी भएको थियो ।

पिएसजीको घरेलु मैदानमा डर्टमुण्डलाई जिताउनका लागि म्याट्स हुमेल्सले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा हुमेल्सले ५०औँ मिनेटमा जुलियन ब्रान्डट्को कर्नर प्रहारलाई हेडर गोलमा परिणत गर्दै अग्रता दिलाए । ६५औँ मिनेटमा उसमान डेम्बेललाई फाउल गरेपछि पिएसजीले पेनाल्टी पाएको थियो । तर, भारले चेक गर्दा गलत भएपछि बराबरी गर्ने अवसर गुमाएको थियो ।

५०औँ मिनेटमा लिएको अग्रता अन्तिमसम्म जोगाउँदै डर्टमुन्डले फाइनलमा स्थान बनाउँदा स्टार खेलाडीले भरिएको पीएसजीको यात्रा भने टुंगियो ।

डर्टमुण्डले अब उपाधिका लागि रियल म्याड्रिड र बायर्न म्युनिखबीचको सेमिफाइनल विजेता विरुद्ध खेल्नेछ । यी दुई टोली बीचको दोस्रो लेग आज हुँदै छ । पहिलो लेग भने २–२ गोलको बराबरीमा टुंगिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...