एसिसी प्रिमियर कप : नेपाल र साउदी अरेबियाबीचको खेल आज

52

काठमाडौँ, ५ वैशाख । ओमानमा जारी एसिसी प्रिमियर कप क्रिकेटमा आज नेपालले साउदी अरेबियासँग खेल्दै छ । एक खेल अगावै समूह विजेता बनेर अन्तिम चारमा प्रवेश गरेको नेपाल आज साउदी अरेबियालाई हराउँदै समूह विजेता बनेर अन्तिम चारमा जाने योजनामा छ ।

नेपाल र साउदी अरेबियाबीचको खेल नेपाली समय अनुसार मध्यान्ह्र पौने १२ बजेदेखि अल अमरेत क्रिकेट ग्राउन्ड–१ मा हुने छ ।

ओमानमा जारी प्रदर्शनमा अपराजित रहँदै नेपाल समूह ‘ए’बाट ३ खेलमा ६ अंकका साथ यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ ।

साउदी अरेबिया र नेपालको जारी प्रतियोगितामा पहिलो भेट हुँदै छ । ३ खेल खेलेको साउदीले २ मा हार र एकमा जितसहित २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाललाई हराउन सके ४ अंकका साथ सेमिफाइनल खेल्ने साउदीको बलियो सम्भावना भने कायमै रहेको छ ।

जारी प्रिमियर कपमा नेपालले समूहको बलियो विपक्षी हङकङलाई हराउँदै सुधारिएको खेल देखाएको छ । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले, दोस्रो खेलमा कतारलाई ३२ रनले र तेस्रो खेलमा हङकङलाई ८ विकेटले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...