मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

38

काठमाडौँ, ३० चैत । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिलसम्बन्धी विधेयक शुक्रबारको मन्त्रिपरिषद् बैठकबाट नै पारित हुने जानकारी दिनुभएको छ ।

शुक्रबार काठमाडौँमा आयोजित नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको १२औँ अधिवेशन उद्घाटन समारोहमा बोल्नुहुँदै उहाँले मिडिया काउन्सिलसम्बन्धी विधेयक मन्त्रिपरिषद्को विधेयक समितिबाट पारित भइसकेको भन्दै आजको बैठकबाट नै पारित हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘मलाई जहाँसम्म लाग्छ आजकै मन्त्रिपरिषद्को बैठकबाट मिडिया काउन्सिलसम्बन्धी विधेयक पास भएर छलफलका लागि संसदमा लैजाने तयारीमा छौँ । मन्त्रिपरिषद्को विधेयक समितिबाट पनि त्यो पारित भइसकेको छ । र आजको मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्ने तयारीमा छ ।’

उहाँले विज्ञापन नियमावलीमा संसोधन गरिएको भएतापनि नियमावलीमा मात्रै संशोधनले नपुग्ने अवस्था देखिएको बताउनुभयो । विज्ञापन ऐन नै संशोधन गरेर अगाडि बढ्नुपर्ने भएकाले त्यसको तयारीमा जुटेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘विज्ञापन नियमावलीमा संसोधन गरिएको छ । तर विज्ञापन नियमावलीमा मात्रै संशोधनले नपुग्ने देखिएको छ । ऐन नै संसोधन गरेर अगाडि बढ्नुपर्छ भनेर हामी तयारी गरिरहेको छौँ । विज्ञापन एजेन्सीलाई हामीले सरकार र विज्ञापन बोर्डको बीचमा भन्दा विज्ञापन बोर्डले आवश्यक परे प्रयोग गर्न सक्नेगरी हामीले व्यवस्था गरेका छौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...