एसइई आजदेखि : दुई हजार ६४ केन्द्रमा परीक्षा, पाँच लाख परीक्षार्थी

31

काठमाडौँ, १५ चैत । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ । बिहीबार बिहान ८ बजेदेखि सुरू भएको परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन् । परीक्षामा देशभरका पाँच लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ ।

काठमाडौँ जिल्लामा सबैभन्दा बढी १२७ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा सबैभन्दा कम एक–एक परीक्षा केन्द्र छन् । काठमाडौँमा ३८ हजार ८३१, मनाङमा ४३ र मुस्ताङमा १०७ विद्यार्थी एसइईमा सहभागी हुँदै छन् ।

परीक्षा सञ्चालनका लागि ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ ।

२७ चैतसम्म सञ्चालन हुने परीक्षा सकिएपछि देशभरका ६० परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण हुनेछ । परीक्षण केन्द्रमा उत्तरपुस्तिका पुर्याउने र नतिजा सार्वजनिक नहुँदासम्म सुरक्षा दिने जिम्मा प्रहरीकै रहने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...