होलीमा समातिएका १०५ जना मुक्त

23

काठमाडौँ, १२ चैत । होली पर्वमा अनुशासन र मर्यादा उल्लंघन गरेको दोषमा पक्राउ गरिएका १०५ जना व्यक्तिलाई प्रहरीले मुक्त गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आइतबार पहिलो दिनको होलीमा २७७ जना पक्राउ परेका थिए । उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको थियो ।

गएराति छाडिएकामा १०२ पुरुष र ३ जना महिला रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

फागुपूर्णिमाका दिन नियम विपरीत काम गर्ने उनीहरु नियन्त्रणमा लिएकोमा उनीहरुको अवस्था हेरेर १०५ जनालाई गएराति उनीहरुको परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले दुईपाङ्ग्रे सवारी ३०० वटा र चारपाङ्ग्रे सातवटा सवारी साधनलई नियन्त्रणमा लिइ ट्राफिक प्रहरीको जिम्मा लगाइएको छ ।

लापसे, मापसे गरी सवारी साधन चलाउने तथा कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाएको अभियोगमा उनीहरुलाई सवारी साधन नियन्त्रणमा लिइएको हो ।

फागुपूर्णिमा अर्थात होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले हिजो (आइतबार) उपत्यकामा विशेष सुरक्षा व्यवस्था लागु गरेको थियो । विभिन्न ठाउँमा ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कुल तीन हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट समेत निगरानी गरिएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...