नेदरल्यान्ड्समाथि नेपाल ६ विकेटले विजयी

12

काठमाडौँ, १९ फागुन । काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० श्रृंखलाअन्तर्गत आजको खेलमा नेपाल नेदरल्यान्ड्समाथि ६ विकेटको विजयी भएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा १२१ रनको लक्ष्य पाएको नेपालले १५।२ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै, गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले खराब सुरुवात गरेको थियो । पहिलो ओभरमै दुवै ओपनर गुमाएको उसले १९।३ ओभरमा अल आउट हुँदै १२० रन बनाएको थियो ।

नेदरल्यान्ड्सका म्याक्स ओडाउडले सर्बाधिक ३१ रन बनाए । त्यस्तै, टिम भान डर गुगटेन र रोलेफ भान डर मर्वेले २३÷२३ र स्कट एडवार्ड्सले १८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।

नेपालका प्रतिश जिसीले ३, करण केसी र कुशल मल्लले २/२ र दीपेन्द्रसिंह ऐरीले एक विकेट झारे ।

यस जितसँगै नेपालले चार खेलमा दुई चार अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ ।

आजको खेलमा जितेसँगै नेपालको फाइनलमा स्थान बनाउने सम्भावना बलियो भएको छ । यद्यपि उसले आइतबार हुने नेदरल्यान्ड्स र नामिबियाको नतिजा पर्खनु पर्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...