लाहोल क्वालान्दर्स फाइनलमा प्रवेश : उपाधिका लागि कराची किङ्ससँग भिड्ने

233

एजेन्सी । पाकिस्तान सुपर लिग (पिएसएल) मा लाहोल क्वालान्दर्स विजयी भएको छ । आइतबार भएको दोस्रो एलिमिनेटरको खेलमा क्वालान्दर्सले मुल्तान सुल्तान्सलाई २५ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

मुल्तानलाई १ सय ५७ रनमा समेट्दै क्वालान्दर्सले फाइनलमा कराँची किङ्ससँग भेट पक्का गरेको हो ।

नेसनल स्टेडियम कराचीमा टस हारेर पहिले ब्याटिङ गरेको क्वालान्दर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । क्वालान्दर्सका डेविड विसले ४८, फखर जमानले ४६, तामिम इक्बालले ३०, समित पटेलले २६ तथा मोहम्मद हफीजले १९ रनको योगदान दिए ।

१ सय ८३ रनको लक्ष्य पछ्याएको मुल्तानले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो । मुल्तानका आडम लिथले ५०, कुशदिल शाहले ३०, शान मसूदले २७ रनको पारी खेले पनि टोलीलाई जितको लागि पर्याप्त भएन ।

मुल्तानलाई सस्तैमा समेट्ने क्रममा क्वालान्दर्सका डेविड विस र हरिस रौंफले समान ३३ तथा दिलबर हुसैन र शहीन अफ्रिदीले दुई दुई विकेट लिए ।

कोरोना महामारीका कारण बीचमा स्थगित भएको प्रतियोगिता करिब ७ महिना पछि नोभेम्बर १४ देखि पुनः सञ्चालनमा आएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...