एनसेल सेयर खरिदबिक्री छानबिन हुनुपर्छ : अमरेशकुमार सिंह

62

काठमाडौँ, १७ मंसिर । प्रतिनिधिसभा सदस्य डा.अमरेशकुमार सिंहले दुरसञ्चार कम्पनी एनसेलको सेयर खरिदबिक्री शंकास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका छन् ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले एनसेलको सेयर खरिदबिक्रीमा कर छली भएको दाबी गरे । “जुन कम्पनीको वार्षिक ४० अर्बभन्दा बढी आम्दानी छ, त्यो कम्पनी साढे ६ अर्बमा कसरी बिक्री हुन्छ ? यो पत्याउन सकिन्न,” सांसद सिंहले भने ।

सन् २०१६ मा तत्कालीन माउ कम्पनी स्वीडेनको टेलियासोनेराले एनसेलको ८० प्रतिशत सेयर एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात् एक खर्ब ४४ अर्ब ७ करोडमा मलेसियन कम्पनी आजियटालाई बिक्री गरेको थियो । तर, अहिले सोही सेयर ५ करोड डलर अर्थात् साढे ६ अर्बमा बिक्री गरिएकोप्रति उनले शंका व्यक्त गरे ।

Share This:
सम्बन्धित खबर
Loading...