नेपाल र लाओसबीचको खेल बराबरी

22

काठमाडौँ, २५ असोज । विश्वकप छनोट २०२६ को प्रारम्भिक चरणअन्तर्गत पहिलो खेलमा नेपाल र लाओसले बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अंक बाँडेका हुन् ।

खेलमा लोओसले पहिलो हाफमा अग्रता लियो । खेलको ३३औँ मिनेटमा लाओसका कप्तान बाउलपछान बोयनकोङले गोल गर्दै लाओसलाई सुरुवाती अग्रता दिलाए । उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्याउँदै गोल गर्न सफल भए । सुरुमा नेपालका अनन्त तामाङलाई छलाएका उनले तीन नेपाली खेलाडीलाई ‘बिट’ गर्दै सुन्दर गोल गरे ।

खेलको ४९औँ मिनेटमा नेपालका अन्जन विष्टले बराबरी गोल फर्काए । उनले एरिक विष्टको कर्नरमा हेडर गोल गरेका हुन् ।

पहिलो चरणको विश्वकप छनोट दुई लेगको फर्म्याटमा खेलाइएको हो । जसअन्तर्गत नेपाल र लाओसबीचको दोस्रो लेगको खेल यही असोज ३० गते लाओसमा हुने छ । यस खेलको विजेता विश्वकप छनोटको दोस्रो चरणमा पुग्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...