एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली क्रिकेट टोलीको घोषणा

22

काठमाडौँ, २९ भदौ । आगामी असोज ६ गतेदेखि चीनको हाङझावमा सुरू हुने १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी जनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीको नाम सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय नेपाली क्रिकेट टोलीको नाम सार्वजनिक गरेको हो । छनोट हुने नेपाली टोलीको कप्तानमा रोहित पौडेल रहेका छन् । त्यस्तै, अन्य सदस्यमा करण केसी, प्रतिश जिसी, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल र दीपेन्द्रसिंह रहेका छन् ।

त्यसैगरी ललित राजवंशी, विवेककुमार यादव, अभिनाश बोहरा र सन्दीप लामिछाने पनि टोलीमा अटाएका छन् । एसियाली खेलकुदअन्तर्गत क्रिकेट खेलमा नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा माल्दिभ्स र मंगोलिया रहेका छन् । यसपटकको एसियाली खेलकुद प्रतियोगितामा नेपालले विभिन्न २९ खेलमा सहभागिता जनाउँदै छ ।

नेपालबाट कुल २५३ खेलाडीले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा १२७ महिला र १२६ पुरूष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । एसियाली खेलकुद प्रतियोगिता आगामी असोज २१ गतेसम्म चल्ने छ ।

Share This:
सम्बन्धित खबर
Loading...