एसिया कप : आज दुई चिर प्रतिद्वन्द्वी भिड्दै

16

काठमाडौँ, १६ भदौ । एसिया कप–२०२३ को रोमाञ्चक भिडन्तमा विश्व क्रिकेटका दुई कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तान आज आमनेसामने हुँदै छन् । श्रीलंकाको पल्लेकेलेमा नेपाली समयअनुसार दिउँसो सवा तीन बजे खेल सुरू हुने छ ।

समूह चरणको पहिलो खेल खेलिरहेको भारतीय टोली कप्तान रोहित शर्मा र विराट कोहलीजस्ता अनुभवी खेलाडीहरूमा पर पर्ने छ । बलिङ फ्रन्टमा मोहम्मद शामी र जसप्रित बुमराह भारतको प्रमुख अस्त्र हुन् । लोकेश राहुलले समूह चरणका खेलहरू गुमाउने भएपछि उनको नम्बर ४ र ५ को ब्याटरको टुंगो लागिसकेको छैन । भारतीय कप्तान शर्माले पाकिस्तानको फास्ट बलिङविरूद्ध पर्याप्त गृहकार्य गरेको बताएका छन् ।

अर्कोतर्फ उद्घाटन खेलमा नेपाललाई २३८ रनले पराजित गरेको पाकिस्तानले आफ्नो अन्तिम ११ घोषणा गरिसकेको छ । पाकिस्तानले नेपालविरूद्धको खेलेको टोलीलाई नै भारतसँगको खेलका लागि मैदान उतार्ने छ ।

नेपालविरूद्ध कप्तान बाबर आजम र इफ्तिखार अहमदले उत्कृष्ट प्रदर्शन गर्दै बिस्फोटक शतक बताएका थिए । त्यसपछि बलिङ युनिटले नेपालको ब्याटिङलाई तहसनहस पारेको थियो । म्यान इन ग्रीन भारतविरूद्धको हाइ प्रोफाइल खेलमा आफ्नो प्रदर्शन दोहोर्‍याएर सुपर फोरमा स्थान सुरक्षित गर्न चाहन्छ । खेलअघि बाबर र विराटले एक अर्काको तारिफ गरेका छन् ।

रोहित शर्मा र शाहीन साह अफ्रिदीबीचको भिडन्त सबैभन्दा रोमाञ्चक लडाइँहरूमध्ये एक हुने छ । बायाँ हाते फास्ट बलरहरूविरूद्ध शर्माको प्रदर्शन खास छैन । सीमित ओभर क्रिकेटमा अफ्रिदीले भारतीय कप्तानलाई धेरै पटक आउट गरेका छन् । दोस्रो मिनी लडाइँ बाबर आजम र मोहम्मद शामीबीच देख्न सकिने छ । विश्न नम्बर १ टोलीका कप्तान र एकदिवसीय क्रिकेटका शीर्ष वरीयताका खेलाडी बाबरविरूद्ध भारतीय बलरहरूले कस्तो तयारी गरेका छन् हेर्न लायक हुने छ ।

भारत र पाकिस्तानले एकदिवसीय अन्तर्राष्ट्रियमा १२३ पटक एकअर्काविरूद्ध खेलेका छन् । पाकिस्तानले ७३ र भारतले ५५ खेल जितेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...