राजर्षी गुरूकुल र काठमाडौँ वर्ल्ड स्कुललाई उपाधि

128

काठमाडौँ, १२ भदौ । आयोजक राजर्षी गुरूकुल र काठमाडौँ वर्ल्ड स्कुलले आरजी अन्तर स्कुल फुटसल प्रतियोगिताको उपाधि जितेको छ । राजर्गी गुरूकुल ब्वाइजतर्फ र काठमाडौँ वर्ल्ड स्कुल गर्ल्सतर्फ च्याम्पियन बनेको हो ।

सल्लाघारीस्थित राजर्षी गुरुकुलको मैदानमा मंगलबार सम्पन्न प्रतियोगिताको ब्वाइजतर्फ फाइनलमा राजर्षी गुरुकुलले नेइबरहुड स्कुललाई २–१ ले पराजित गर्‍यो । निर्धारित समयको खेल २–२ को बराबरी भएपछि पेनाल्टीमा राजर्षी गुरुकुलले खेल जितेको हो ।

राजर्षी गुरुकुलका दिग्गज श्रेष्ठ फाइनल खेलको प्लेअर अफ दि म्याच घोषित भए ।

यस्तै, गर्ल्सतर्फ काठमाडौँ वर्ल्ड स्कुलले फाइनलमा रातो बंगला स्कुललाई २–१ ले नै हरायो । निर्धारित समयको खेल गोलरहित बराबरी भएपछि पेनाल्टीमा काठमाडौँ वर्ल्ड स्कुलले बाजी मार्‍यो ।

काठमाडौँ वर्ल्ड स्कुलकी अरुणा सिंह फाइनल खेलको प्लेअर अफ दि म्याच बनिन् ।

प्रतियोगितामा ब्वाइजतर्फ नेइबरहुडका सुसन थापा मगर बेस्ट प्लेअर घोषित भए भने चेल्सी वर्ल्ड स्कुलका आदित्य शाह सर्वाधिक गोलकर्ता, राजर्षी गुरुकुलका दिगग्ज श्रेष्ठ उत्कृष्ट गोलकिपर चयन भए । राजर्षी गुरुकुलकै उर्जन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । अक्सफोर्डले फेयर प्लेको अवार्ड पयो ।

यस्तै, गर्ल्सतर्फ रातो बंगलाकी आहाना ढुंगाना उत्कृष्ट खेलाडी घोषित भइन् भने रातो बंगलाकै सान्वी कार्की सर्वाधिक गोलकर्ता र काठमाडौँ वर्ल्ड स्कुलकी अरुणा सिंह उत्कृष्ट गोलकिपर घोषित भइन् । च्याम्पियन काठमाडौँ वर्ल्ड स्कुलकै सरोज थापा उत्कृष्ट प्रशिक्षक चयन भए । चेल्सी वर्ल्ड स्कुललले फेयर प्ले अवार्ड पायो ।

राजर्षी गुरुकुलको आयोजनामा भएको प्रतियोगितामा विभिन्न २१ स्कुलका १९ ब्वाइज र ८ गर्ल्स गरी कुल २७ टोलीको सहभागिता थियो ।

Share This:
सम्बन्धित खबर
Loading...