विधिको शासनद्वारा सुशासन कायम गरिनुपर्छ : सभापति लामिछाने

23

मोरङ, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले नेपाली सेनाको संख्या घटाउनुपर्छ भनेर आफूले कहीँकतै नबोलेको बताएका छन् ।

विराटनगर–११ पिचरास्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सेनाको संख्या घटाउनुपर्छ भनेर संसद् तथा पार्टीका अन्य कार्यक्रममा पार्टीको सांसद तथा नेतालेसमेत नबोलेको बताए ।

उनले विधिको शासनद्वारा राष्ट्र सञ्चालन भएमा सुशासन कायम हुनेमा पार्टी स्पष्ट रहेको उनको भनाइ थियो । सभापति लामिछानेले प्रदेश संरचना सुधारका लागि दलहरूबीच सहमति जरूरी रहेको बताए ।

उनले आफ्नो पार्टी आम समर्थक पार्टी भएको स्पष्ट पार्दै आगामी मंसिरदेखि पार्टीको अधिवेशन कार्य सुरू हुने जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...